
अत्तरिया – कैलालीको अत्तरियामा समुदाय स्तरका महिलाकोलागी कानुनी साक्षरता सम्बन्धी २ दिने तालिमको आयोजना गरिएको छ ।
दलित महिला संघ (FEDO)ले समुदाय स्तरका महिलाको कानुनी साक्षरता मा क्षमता अभिवृद्धी सम्बन्धी तालिमको आयोजना गरेको हो । तालीममा गोदावरी नगरपालीका भित्रका २० जना दलित समुदायका महिलाहरुको सहभागीता रहेको छ ।

फाउन्डेसन फर अ जस्ट सोसाइटी(FJS) ले सहयोग गरेको उत्त तालीममा अधिवत्ता गणेश कडायतले प्रशिक्षण दिईरहेका छन् । आज र भोली चल्ने तालिममा सहभागीहरुलाई महिला तथा दलित महिलाका अधिकार सम्बन्धी जानकारी गराईने दलित महिला सघंकी अम्बीका ताम्राकारले जानकारी दिईन् ।
उनले समुदाय स्तरका महिलाहरुलाई अझैसम्म पनी वडा तथा नगरमा हुने कानुनी कामहरुको बारेमा समेत जनकारी नभएकाले तालीमको आयोजना गरिएको बताईन् ।
दलित महिला सघं दलित महिलाहरुको हक अधिकारहरु सुनीश्चीत गर्दै हरेक तहमा अर्थपुर्ण सहभागीताकालागी पहल गर्ने उदेश्य सहित २०५९ सालमा कैलालीमा स्थापना भएको थियो । उत्त सँस्थाले गोदावरी नगरपालीकामापनी वडा तथा नगरस्तरीय समुह गठन गरेर काम गर्दै आएको छ ।















