
डोटी – डोटीमा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका वडा नं. ४ कारीगाउँका मन्दिरे कोलीका १३ वर्षीय छोरा दिनेश कोलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर पोत्न प्रयोग गरिने सेतो माटो खन्ने क्रममा माथिबाट ढिस्कोले पुरिए पछि बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डिएसपी भोला भट्टले जानकारी दिए ।

डोटी लगायत सुदूरपश्चिममा नयाँ वर्षमा रातो र सेतो माटोले घर पोत्ने प्रचलन रहेको छ । यसक्रममा माटो खन्न जाने व्यक्तिहरुले वर्षेनी ज्यान गुमाउने गरेका छन् ।












