Attariya Hospital Pvt.Ltd.

एनसेलले ल्यायो ‘इन्डलेस कम्बो प्याक’ हरू

padma
milan sunchadi

काठमाण्डाै – नेपाली नयाँ वर्ष २०७९ को अवसरमा एनसेलले आकर्षक भ्वाइस र डाटा सेवा बन्डलिङ रहेको ‘इन्डलेस कम्बो प्याक’ हरू सञ्चालनमा ल्याएको छ ।

यो योजना साेमवार (वैशाख ५ गते) देखि सञ्चालनमा आएको एनसेलले जनाएकाे छ । यो योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित २५ रुपैयाँमा बिहान ५ देखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सकिने ‘डे कम्बो प्याक’ र बेलुका १० देखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकहरूबाट फाइदा लिन सक्छन् ।

‘डे कम्बो प्याक’ अन्तर्गत प्रिपेड ग्राहकले एक सय एमबी डाटा र दुई सय मिनेटको अल नेट टक टाइम (अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्दछन् । ग्राहकले *१७११८*१# वा *१७१२३*२# डायल गरी यो प्याक सुरु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुरु गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

Siddi ganesh

बेलुकाको समयमा भ्वाइस तथा डाटा प्रयोग गर्न चाहने ग्राहकले दुई सय ५० एमबी डाटा र दुई सय ५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक २५ रुपैयाँमा सुरु गर्न सक्छन् । प्रिपेड ग्राहकले *१७११८*१# डायल गरी प्याक सुरु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुरु गर्न सक्छन् ।

Nawadurga
Loading...