Attariya Hospital Pvt.Ltd.

प्रदेशसभा सदस्य मल्लले त्यागे पद

padma
milan sunchadi

डडेल्धुरा – सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन आयोजना गर्दै मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन्।

‘राणाकालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गौँडाका हाकिम हटाए झैं नेपाली कांग्रेसको विधि विधान कुल्चेर मलाई दोस्रोपटक नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ’, उनले भने, ‘मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले दिँदैन। आज (बिहीबार) देखि म प्रदेशसभा सांसद नरहेको सञ्चारमाध्यमबाट घोषणा गर्दछु।’

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशन गरेको भन्दै मल्ल लामो समयदेखि रुष्ट थिए।

Siddi ganesh

आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई पार्टीबाट निष्काशित गरेको थियो। २०७४ को निर्वाचनमा उनी डडेल्धुरा प्रदेशसभा ‘ख’ बाट प्रदेश सदस्यमा निर्वाचित भएका थिए।

Nawadurga
Loading...