Attariya Hospital Pvt.Ltd.

गोदावरीमा पाँच वर्ष अघिकै विरासत फर्काउने कसरतमा कांग्रेस

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा नेपाली कांग्रेसको चुनावी प्रचार तिव्र छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका नेता विरेन्द्र भट्ट मेयर तथा समाजवादीकी नेतृ रत्ना कडायत उपमेयरका उम्मेदवार छन् । वडा तहमा भने गठबन्धनका दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । आईतबारदेखी चुनावी प्रचारलाई तिव्रता दिएको कांग्रेस आक्रामकरुपमा घरदैलो अभियान गरिरहेको छ ।

घरदैलो अभियानमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थीती देखीएको छ । चुनावी प्रचारकालागी अब ७ दिन मात्रै बाँकी रहँदा कांग्रेस नगरसमितीले ३ वडामा प्रचार सकिसकेको छ । २०७४ सालको निर्वाचनमा हारको मुख्य कारण पार्टीभित्रको आन्तरीक किचलो भएको निष्कर्ष निकालेको कांग्रेस यसपटक भने एकजुट भएको छ । ७४ को चुनावमा कांग्रेसबाट मेयरका उम्मेदवार विरेन्द्र भट्ट र उपमेयरकी उम्मेदवार भगवती पाठक एमालेका हरिसिहं साँउद र रत्ना कडायतसंग पराजीत भएका थिए । नगरभित्र पार्टीका दुई गुटको नेतृत्व गर्दै आएका नेताहरु मेयरका उम्मेदवार विरेन्द्र भट्ट र पुर्व जिल्ला सल्लाहकार सुरत कार्की प्रचारमा संगै हिँडेको फोटो सोमबार थुप्रै कार्यकर्ताले उत्साहित हुँदै सामाजाीक सञ्जालमा राखेका थिए । गत चुनावमा एकपक्ष असन्तुष्ट रहेकोले हार व्यहोर्नु परेको भन्दै नेपाली कांग्रेस गोदावरी नगरपालीकाका पुर्व सभापती हेमप्रकास उप्रेती यसपटक सबैको एकै आवाज कांग्रेसको जित मात्रै भएको बताँउछन् ।

अहिले हाम्रा असन्तुष्टीहरु मिलीसकेका छन् उप्रेतीले भने “सबै मिलेर पार्टी जिताउने अभियानमा खटीएका छौँ ।” गोदावरीभित्र कांग्रेस एकजुट भएमा जित सजिलै हात पर्ने कांग्रेस नेताहरुको तर्क छ । पार्टीका पुर्व जिल्ला सल्लाहकार सुरत कार्कीले यतिबेला कांग्रेसले अन्य पार्टीसंग प्रतिष्पर्धा गर्नुपर्ने भएकाले आन्तरीक विवादको कुनै औचित्य नै नरहेको बताए । स्थानीय निर्वाचनमा पार्टीकै भविष्यको कुरा हुन्छ कार्कीले भने “हामी सबै साथीहरु एकजुट भएर पार्टी जिताउन लागीपरेका छौँ,गोदावरी नगरपालीका विगतमा पनी कांग्रेसकै किल्ला थियो,यो निर्वाचनमापनी हामी त्यहि कायम गर्न अहोरात्र खटीएका छौँ र सफल पनी हुन्छौँ ।” कांग्रेस नगरसमितिका वर्तमान सभापती विर बहादुर चोखाल गोदावरी नगरपालीका कांग्रेसको गढ भएकाले जित सुनीश्चित भएको बताँउछन् ।

Siddi ganesh

विगतको निर्वाचन हार्नुको मुख्य कारण पार्टीभित्रको असन्तुष्टी नै थियो उनले भने अहिले त्यो सबै मिलीसकेकाले गोादावरीमा मेयर,उपमेयर सहित सबै वडा हामी जित्छौँ ।” “सकेसम्म नगरस्तरीय प्रचारबाटै जनताको घरघरसम्मै पुग्ने गरेकाछौँ, वडाको क्षेत्रफलका आधारमा टोल कमिटि पनी गठन गरेकाछौँ,वडाका उम्मेदवारहरुले पनी आफ्नो हिसाबले घरदैलो अभियान गरिरहनु भएको छ” चोखालले भने । नेपाली कांग्रेसका युवानेता लोकराज पान्डे(आगो)ले विगतका दिनमा हाम्रो बिचमा भएका सबै सहमती÷असहमतीहरुमा समझदारी भईसकेकाले हामी सबै पार्टी जिताउन एकवद्ध भएर लागीसकेको बताए । यसपटक भारी मतान्तरकासाथ गोदावरीमा नगरसहित सबै वडामा कांग्रेसको जित निश्चित भएको उनले बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापती बसन्त रोकायाले भने “गोदावरी नगरपालीका कांग्रेसको किल्ला हो,२०७४ साल अगाडीका प्रत्येक चुनावमा गोदावरीमा कांग्रेस दुई तिहाइकासाथ अगाडी थियो तर २०७४ मा कांग्रेसभित्र आन्तरीक समुन्वय नभएका कारण मात्रै हार व्यहोर्नु परेको हो,यसपटक सबै मनमुटाव अन्त्य भैसकेको छ,हामी गोदावरीलाई कांग्रेसकै किल्ला कायम गर्न सफल हुन्छौँ,त्यहि कसरतमा लागेका छौँ ।” गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार रहेका कांग्रेसका विरेन्द्र भट्ट पनी गोदावरीलाई कांग्रेसको किल्लाकै रुपमा कायम राख्ने बताँउछन् ।

पार्टीभित्रका सबै साथीहरुको सहयोग रहेका कारण पनी गोदावरी नगरपालीकाभित्रको बहुमत जनमत कांग्रेसको पक्षमा रहेको उनले दावी गरे । कांग्रेसका जिल्ला समिति सदस्य प्रेमराज भट्ट गोदावरीमा गठबन्धनका मेयर उपमेयर सहित सबै वडामा कांग्रेसको जित निश्चित भएको बताए । कांग्रेसको प्रचारप्रसारमा नगरपालीकाभित्रका हरेक नेताहरुको उपस्थीती रहने गरेको छ । पुर्व केन्द्रीय सदस्य सुनील भण्डारी,पुर्वराज्यमन्त्री दिर्घराज भाट,पुर्व प्रतिपक्ष दलका नेता हिरादत्त भट्ट,पुर्व जिल्ला समिति सदस्य पुष्पराज जोशी,महासमिति सदस्य पदमराज भट्ट लगायतका नेताहरु घरदैलो अभियानमै पुग्ने गरेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.