Attariya Hospital Pvt.Ltd.

कर्ण मल्ल लाई लक्षित गर्दै डा.देउवाले भनिन् : करुवा सरुवा हरुवालाई भोट नहाल्नु होला

padma
milan sunchadi

डडेल्धुरा – नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा.आरजु राणा देउवाले डडेल्धुरा कांग्रेसभित्र षड्यन्त्र खेल्नेहरु करुवामा गएर राम्रो भएको बताईन । कांग्रेस अमरगढी नगरको आयोजनामा डडेल्धुराको बागबजारमा भएको चुनावी आमसभामालाई सम्बोधन गर्दै काङ्ग्रेस नेतृ देउवाले कांग्रेसमा रहेर षड्यन्त्र गर्नेहरु पार्टी छोडेर जादा केही फरक नपर्ने बताएकी हुन् । ‘ राष्ट्रियस्तरको नेता नभएको पार्टीले के गर्न सक्छ, करुवा पार्टीको नेता को हो भन्दै डा. देउवा प्रश्न गरेकी छन् ।

कर्ण मल्ल लाई लक्षित गर्दै डा.देउवाले भनिन्, ‘हाम्रो नाममा राजनीति गर्नेहरु अहिले सुखिलामुखिला भए । करुवा सरुवा हरुवालाई भोट नहाल्नु होला, रुख चिन्हमा मतदान गरि कांग्रेसका उम्मेदवारलाई जिताउनु होला ।’

Nawadurga
Loading...