मतदाता शिक्षाको विषयमा के गरिरहेका छन् गोदावरीका दलहरु ?

Image
maya metro

अत्तरिया – स्थानीय तहको निर्वाचन आउन अब ७ दिन मात्रै बाँकी छ । विगतका चुनावमा निर्वाचन अगाडी मतदाता शिक्षा लागु गर्दै आएको निर्वाचन आयोगले यसपटक भने सञ्चालन गरको छैन् । एकातिर मतदाता शिक्षा लागु गरिएको छैन भने अर्कोतिर राजनीतिक दलहरुले चुनावी गठबन्धन् गरेका छन् । जसका कारण बदर मतको संख्या बढ्ने सम्भावना अधिक छ ।

प्रत्यक्ष मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेको आयोगले रेडियो, टेलिभिजन, फेसबुक तथा मोबाइलको रिङ व्याकटोन मार्फत भने मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । तर यो प्रणाली सबै मतदाताको पहुँचमा छैन् । चुनाव चिन्ह तल माथि र दायाँ बायाँ भएका कारण मतदाताले मतपत्रमा अलमलिएर छाप लगाउँदा मत बदर हुने सम्भावना अधिक छ । बदर मतको संख्या घटाउन राजनीतिक दलको मुख्य भुमीका रहने निर्वाचन आयोगले बताँउदै आएको छ । गोदावरी नगरपालीका भित्र रहेका राजनीतिक दलहरु पनी आफ्नो भोट बदर नजाओस भन्नेमा सर्तक देखीएका छन् ।

nisarga

नेपाली कांग्रेस गोदावरी नगरसमितिका प्रवत्ता अशोकराज देवकोटाले मत बदर नजाओस भन्ने उदेश्यले पार्टीप्रति आस्थावान केहि व्यत्तिलाई नमुना मतपत्र दिएर गाँउगाँउमा खटाइसकेको बताए । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवम गोदावरी निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मण कुँवरले मत बदर नजाओस भन्ने तर्फ सचेत हुँदै गठबन्धन र पार्टीका उम्मेदवारको चुनाव चिन्हमा भोट हाल्ने तरीका सिकाउन नमुना मतपत्र र स्वस्तीक छाप सहित कार्यकर्तालाई खटाईएको बताए । घरदैलो अभियान सकिएपछी टिम नै बनाएर मतदाता शिक्षाको लागी घरदैलो गर्ने नेकपा माओवादीका गोदावरी नगर अध्यक्ष धर्मसिहं कुँवरले बताए ।

“भोट हालेर मात्रै भएन,त्यसको सदुपयोग पनी हुनुपर्छ भन्नेमा हामी सचेत छौँ,मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन लागीपरेका छौँ” उनले भने । त्यस्तै नेकपा एमाले गोदावरी नगरकमिटिका सचिव जीवन शाहले पनी प्रचारमा जाँदा नमुना मतपत्र बोकेर हिँडीरहेको र भोलीदेखी भोट हाल्ने तरीकाबारे सिकाउने कार्यलाई अझै तिव्रता दिईने बताए । गोदावरीमा राप्रपाबाट मेयरका उम्मेदवार रहेका दुर्गा पोखरेलले पनी आफ्नो पार्टीमा आउने भोट बदर नहोस् भन्नेतर्फ आफुहरु सचेत रहेको बताए । गोदावरी नगरपालीकाका सहायक निर्वाचन अधिकृत शिवराज भाटले नयाँ मतदाताहरुलाई मतपत्र लिन आँउदा मतदान गर्ने तरीकाबारे जानकारी दिएर पठाउने निर्णय भएपनी पुराना मतदातालाई चुनाव चिन्ह चिनाउन राजनीतिक दलहरुको मुख्य भुमीका हुने बताए ।

“उहाँहरुले आफ्ना मतादातालाई नमुना मतपत्र देखाइ आ आफ्नो चुनाव चिन्ह चिनाउनु भयो भने बदर मतको संख्या घट्न जान्छ,जस्को फाईदा पनी राजनीतिक दलहरुलाई नै हुने हो” भाटले भने । पचपन्न हजार चार सय बयानब्बे मतदाता रहेको गोदावरी नगरपालीकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी २४ ओटा मतदान स्थल र ६७ ओटा मतदान केन्द्र तोकिएका छन् ।