१२ ओटै वडा बासीसंग गठबन्धन्को बाचा : “गोदावरीलाई भ्रष्टाचारमुत्त र सुशासनयुत्त नगर बनाँउछौँ”

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा गठबन्धनका उम्मेदवारहरुले नगरका १२ ओटै वडामा आफ्नो घरदैलो अभियान सम्पन्न गरेका छन् । १८ गतेदेखी घरदैलो अभियान सुरु गरेको गठबन्धन्ले १२ ओटै वडा बासीका समस्या सुन्दै घरदैलो अभियान सम्पन्न गरेको हो ।

गोदावरी नगरपालीकामा नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र गरि नगरमा तीन दलीय गठबन्धन् रहेको छ । गठबन्धनकातर्फबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका नेता विरेन्द्र भट्ट रहेका छन् भने उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी रत्ना कडायत रहेकी छिन् । गोदावरी नगरपालीकाका १२ ओटै वडाका टोलटोलमा पुगेका उनीहरुले नगरलाई भ्रष्टाचारमुत्त र सुशासनयुत्त नगर बनाउने बाचा गरेका छन् ।मेयर उम्मेदवार भट्टले गोदावरीको अहिलेको स्थानीय सरकारले देशभरमै भ्रष्ट नगरकारुपमा चिनाएको भन्दै आक्रोस पोख्दै आएका छन् । बाह्रै वडा घुमीसकेका उनीहरुले वडाबासीका हरेक समस्यालाई टिपोट गरेकाले आफ्नो जित भएमा एकएक गरी सम्बोधन गर्ने जनाएका छन् ।

nisarga

नगरभित्र खानेपानी,बाटोघाटो,कृषी,शिक्षा,स्वास्थ्य लगायतका समस्या रहेको उनीहरुले बताएका छन् । स्तरीय बाटो,ढल निकास,थ्री फेज लाईन,स्वास्थ्य क्लीनिक बनाउनुपर्ने,सामुदायीक विधालय गुणस्तरीय शिक्षाको व्यवस्था लगायतका माग आएको बताईएको छ । त्यस्तै वडा नम्बर १२ को चाँप,सल्ली तथा कोलमुढाका स्थानीयले वन्यजन्तुले दुख दिने गरेका कारण खेतबारीमा तारबारको व्यवस्था गरिदिने माग राखेकाले सो कुरालाई पनी ध्यानमा राखीएको जनाइएको छ । कृषी कार्यलाई प्रोत्साहन गर्नकालागी सिँचाइको व्यवस्था,लालपुर्जा वितरण,खेलकुद मैदान,वृद्धहरुलाई समयममा सहजै औषधीको वयवस्था लगायतका कुराहरुमा ध्यान दिईने उनीहरुले बताएका छन् ।

युवा तथा महिला लक्षीत स्वरोजगारका कार्यक्रमहरुलाई अगाडी बढाईने उम्मेदवारहरुले स्स्थानीय स्तरमा बाचा गरेका छन् । उपमेयरकी उम्मेदवार रत्ना कडायतले न्याय सम्पादनको कामलाई अझै प्रवावकारी ढंगले अघी बढाउने बताँउदै आएकी छिन् । उनीहरुले नगरमा करको दर नभइ दायरा बढाउने बताएका छन् । उनीहरुले मेयर तथा उपमेयरमा आफुहरुलाई भारी मतकासाथ विजयी गराईदिनपनी नगरबासीमा अनुरोध गरेका छन् ।

वडामा घरदैलो अभियान सम्पन्न गरेको गठबन्धनले आज दिँउसो २ बजे नगरस्तरीय र्याली निकाल्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी प्रचारप्रसारको आज अन्तीम दिन हो । आजै राती १२ बजे देखी मौन अवधी सुरु हुँदै छ । मौन अवधीमा प्रचारप्रसार लगायत कुनैपनी राजनीतिक गतिवीधीहरु गर्न पाँईदैन ।