गोदावरीमा एमालेबाट मेयरका उम्मेदवार भट्टको स्टाटस “मैले बुझेको एमाले चुनावमा जाँदा अर्कै पाए”

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा नेकपा एमालेबाट गोकर्ण भट्ट मेयर पदका उम्मेदवार छन् ।

गोदावरीका ७ ओटा वडाको मतगणना सकिँदा उनी कांग्रेसका विरेन्द्र भट्ट संग ३ हजार बढी मतले पछाडी छन् । मत गणना सकिएका सातै वडामा कांग्रेसले जित हात पारीसकेको छ । ५ ओटा वडाको मत गणना बाँकी छँदै ३ हजार बढी मतले पछी परेपछी उनले “मैले बुझेको एमाले चुनावमा जाँदा अर्कै पाए” भन्दै फेसबुक स्टाटस राखेका छन् ।

nisarga

आफुहरुले गोदावरीमा मेयर,उपमेयरमा १ हजारदेखी १५ सयको मतान्तर सहित ८ वडा जित्ने आँकलन गरेका भएपनी पार्टीभित्रको अन्र्तघातकाकारण मेयर,उपमेयर सहित सबै वडा गुमाउनु परेको उनले बताएका छन् । वडा नम्बर १,२,३, मा बढी घात भएको देखीयो भट्टले भने “यी वडामा मेयर र अध्यक्षमा भोट नहाली अन्य सदस्यमा हालेको पाईयो,यो कस्ले गरेको हो,कस्को योजना हो हामी प्रमाण जुटाँउदै छौँ ।”अन्तघातीले सिंगो नगरपालीका कांग्रेसलाई बुझाएको उनको आरोप छ ।

अन्तघातीको नाम म अहिले भन्दैन,पार्टीको वैठकमा नाम तोकेरै भन्छु उनले भने । टिकट वितरण अघि भाइवाद,आफन्तवादको आधारमा टिकट वितरण भएको भन्दै विरोध गर्नेहरुले हराउनमा भुमीका खेलेको उनको भनाई छ ।मत धेरै क्रस भएकोलेपनी आफुलाई हराउन पार्टीकै संगठीत नेता कार्यकर्ताले भुमीका खेलेको उनी बताँउछन् । सामान्य नागरीकले यसरी क्रस मत हाल्दैन उनले भने“यो जानेबुझेकै नेता कार्यकर्ताको षडयन्त्र हो ।” हारजित स्वभावीक भएपनी आँकलनभन्दा अत्याधीक मतको अन्तर हुनुनै अन्तघात भएको प्रमाण भएको भट्ट बताँउछन् ।

केहि व्यत्तिहरु देखावटी गर्न दिँउसो प्रचारमा हिन्ने तर राती प्रतिष्पर्धीका भोट माग्न हिँडेको समेत देखीयो भट्टले भने । साथै उनले अन्तिम मतपरिणाम सार्वजनीक भईसकेपछी पार्टीलाई जिताउन नसकेको जिम्मा लिँदै गोदावरी नगर अध्यक्षबाट राजीनामा दिने पनी बताएका छन् ।