एमाले गोदावरीको समिक्षा वैठकमा तनाव, हातपात गरेको भन्दै प्रहरीमा उजुरी

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा नेकपा एमाले गोदावरी नगर कमीटिले आयोजना गरेको समिक्षा वैठकमा तनाव सिर्जना भएको छ । चुनावी समिक्षा वैठकमा एकअर्कालाई अन्र्तघातको आरोप लागेपछी तनाव सिर्जना भएको हो ।

एमालेका तर्फबाट मेयरका उम्मेदवार गोकर्ण भट्ट सहित ८ ओटा वडामा एमाले पराजीत भएपछी एमाले गोदावरी भित्र अन्र्तघात गरेको भन्दै आरोप प्रत्यारोप चल्दै आएको छ । जित र हारको समिक्षा गर्न शनीबार अत्तरियाको पतञ्जली हलमा गरिएको समिक्षा वैठकमा पनी एक समुहलाई अन्तर्घातको आरोप लागेपछी स्थीती हातपातसम्म पुगेको एक नेताले बताएका छन् । एमाले गोदावरीका अध्यक्ष समेत रहेका मेयरका उम्मेदवार गोकर्ण भट्ट सहितको टिमले नगर इन्र्चाज आनन्द प्रसाद भट्ट लगायतलाई अन्र्तघात गरेको आरोप लगाएका थिए ।

nisarga

कुनै एउटा भेगीय समुहमा आवद्ध भई पार्टी हराउन भुमीका खेलेको आरोप नगर इन्र्चाज भट्ट माथी लागेको थियो । वैठकमा गोकर्ण भट्ट सहितले एकोहारो आरोप लगाइरहँदा अर्कोपक्षले पनी आफ्ना कुरा राख्नुपर्ने माग गरेपछी भट्टको समुह आक्रमणमा उत्रीएको बताईएको छ । हातपातमा रड प्रयोग गरिएको र चार जनालाई सामान्य चोटपटक लागेको जनाईएको छ ।

एमाले गोदावरीका अध्यक्ष गोकर्ण भट्टले भने सभा विर्सजन भईसकेपछी आफु हलबाट बाहिर निस्कीएपछी नारा लगाउँदै बोल्ने समय माग्दा झडपको स्थीती सिर्जना भएको बताएका छन् ।उनले प्रदेश कमीटिमा हुनेले प्रदेशकै वैठकमा र केन्द्रीय कमीटिमा हुनेले केन्द्रकै वैठकमा आफ्ना कुरा राख्ने भनएिपनी नगर इन्र्चाज भट्ट सहितले नमानेको बताएका छन् ।

प्रहरीमा उजुरी

डर,धाक,धम्की देखाई हातपात गर्न खोजेको भन्दै ईलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी परेको छ । नैनसिंह कार्की,आनन्द प्रसाद भट्ट,गणेश महरा र बालकृष्ण भट्राईले शनीबार बेलुकी निवेदन दर्ता गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।