मृगलाई हानेको गोली लागेर एकजनाको मृत्यु

padma

काठमाडौं – प्युठानको ऐरावती गाउँपालिका १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।

Shikhar Dental

दोबाटो सामुदायिक वनको डाँडाथरीमा शिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञानबहादुर नेपालीले मृगलाई हानेको गोली लागेर ३४ वर्षीय द्रोण आलेमगरको मृत्यु भएको हो।

नेपालीसहित आइतबार बेलुका शिकार खेल्न गएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट दुई नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए।

अन्य चार जना भने अझै फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी प्रमुख थापाले जानकारी दिए।

Nawadurga
Leave A Reply

Your email address will not be published.