
अत्तयिा – देश लोडसेडिङ मुक्त भएको घोषणा भएकै वर्षौँ भईसकेको छ । सुदूरपश्चिम प्रदेश राजधानी तोकीएको नगरपालीकाकै बस्तीमा बिजुली पुगेको छैन भन्दा पत्याउन मुस्किल होला । तर गोदावरी नगरपालीका वडा नम्बर ८ को हरिनगर टोलका स्थानीय बिजुली नहुँदा वर्षौँदेखी हैरानी खेप्दै आएका छन् ।
स्थानीय जगुली नेपालीले आफु २८ वर्षदेखी हरिनगर टोलमा बस्दै आएको भएपनी अझै बिजुलीको समस्या समाधान नभएको बताईन् । उनले बल्ब बाल्ने बाहेक बिजुलीबाट अरु कुनैपनी काम गर्न नसकिने गुनासो गरिन् । अर्का स्थानीय रमेश बोहराले विधुत प्राधीकरण संग वषौँदेखी पटकपटक पोल र तार माग गरेको भएपनी सुनुवाई नभएको बताए । एकैपोलबाट टाढाटाढासम्म तार तान्दा अलीअली हावा चल्ने बित्तिकै तार भाँच्चीने गरेको बताए ।

हामीले पटकपटक सम्बन्धीत निकायलाई माईन्युटिङ बुझायौँ अर्का स्थानीय पुरन थापाले भने “कसैले अहिलेसम्म सुनुवाई गरेन ,न पंखा चल्छ,न मोटर चलाउन मिल्छ ।” बिजुलीको कारण वषौँदेखी हैरानी खेप्दै आएका उनीहरुले टाढाको पोलबाट बिचमा बाँसको सर्पोट राख्दै लामो तार प्रयोग गर्नुपर्दा हजारौँ रुपँैया तारमा मात्रै खर्च गर्नु परिरहेको गुनासो गरे । सो क्षेत्रको विधुतीय सेवा हेर्दै आएको विरभद्र विधुतीय सेवाले एकदुई घरमात्रै भएको ठाँउमा पोल दिन मिल्दैन, पाँइदैन भनेर बिजुली नदीँदा आफुले मोबाईल चार्ज गर्न समेत अरुको घर जानु परेको स्थानीय धर्मा थापाले बताईन् ।
सानो हावाहुरी आँउदा पनी धेरै दिनसम्म गाँउ नै अन्धकार हुने हुँदा स्कुल पढ्ने विधार्थीको पढाईमा समेत बाधा पुग्ने गरेको स्थानीय निर्मल सिहं बोहराले बताए । अर्की स्थानीय हरिकला गुरुङले राजनीतिक दलले वर्षौदेखी आफ्नो स्र्वाथ मात्रै हेर्दै आएको बताईन् । हरेक चुनावमा बिजुली दिन्छौँ,पोल दिन्छौँ भनेर ठग्दै आएका छन् उनले भनीन् भोट पाँउछन्,जित्छन् अनी आफ्ना मान्छेलाई मात्रै हेर्छन् ।” गाँउमा आठ वर्षदेखी मिल चलाँउदै आएका सुरेन्द्र बोगटीले पावर कम भया,े मिल चलाउन गाह्रो भयो भनेर धेरै पटक समस्या राख्दा पनी समाधान नभएको बताए । सम्बन्धीत निकायलाई पटकपटक पोल र तार उपलब्ध गराईदिन माग गर्दापनी वेवास्ता भएपछी हरिनगर टोलका स्थानीय आक्रोशित बनेका छन् ।
सो क्षेत्रको विधुतीय सेवा हेर्दै आएको विरभद्र विधुत सेवाका अध्यक्ष कृष्णराज पन्तले सरकारको लामो प्रक्रियाका कारण आजसम्म काम गर्न नसकिएको बताए । हामीले यताबाट योजना पठाउने मात्रै काम गर्न सक्छौँ पन्तले भने “बाँकी नेपाल विधुत प्राधीकरणको काठमाडौैंमा रहेको सामुदायीक विभागले हेर्ने गर्छ ,उताबाट आएको निर्देशन हामीले पालना गर्ने हो ।” यो वर्ष योजना गईसकेको हुँदा टेन्डर भई काम सुरु हुने उनले बताए । बिचमा कोरोनाका कारण लामो समय कार्यालय बन्द रहेका कारण पनी काम गर्न नसकिएको उनको भनाई छ । “हामी पटकपटक फोन सम्पर्क गरीराखेकै हुँन्छौँ,अब यहि असार भित्र समस्या समाधान गर्ने गरी लागेका छौँ” उनले भने ।















