गोदावरीको हरैयामा श्रीमान झुण्डीएको र श्रीमती घाँटी रेटएिको अवस्थामा मृत फेला

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ७ हरैयामा श्रीमान श्रीमती मृत फेला परेका छन् ।
हरैया बस्ने ६५ वर्षीय हेम बहादुर एर र श्रीमती ५५ वर्षीय पदमा एर मृत फेला परेका हुन् ।



श्रीमान घर बाहिर झुण्डीएको अवस्थामा र श्रीमती घर भित्रै बिस्तरामा घाँटी रेटीएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
श्रीमतीको हत्यापछी श्रीमानले आत्महत्या गरेको आशंका गरिएपनी घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
घटनास्थलमा खुकुरी भेटीएको प्रहरीले जनाएको छ ।
