जङ्गली जनावरको आक्रमणबाट मृत्यु

padma

चितवन – भरतपुर महानगरपालिका–११ मा जङ्गली जनावरको आक्रमणबाट मंगलबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय कैलाश टोल निवासी ५१ वर्षीय चाथर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Shikhar Dental

कार्यालयका अनुसार निगुरो र च्याउ टिप्न नवजागृति सामुदायिक वनमा गएका कुमाललाई जङ्गली जनावरले आक्रमण गरेको थियो। जङ्गली जनावरको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो।

बिहान ११:३० बजे सामुदायिक वनमा गएका कुमाललाई जङ्गली जनावरले दिउँसो ५:३० बजे आक्रमण गरेको थियो। कुन जनावरले आक्रमण गरेको भन्ने कुरा पुष्टि हुन नसकेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.