भागवत सप्ताह ज्ञान महायज्ञको नगरप्रमुख भट्टद्धारा उद्घाटन

padma

अत्तरिया – कैलालीको अत्तरियामा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गरिएको छ । बुधबार गोदावरी नगरपालीकाका नगरप्रमुख विरेन्द्र भट्टले एक कार्यक्रमकाबिच महायज्ञको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले धार्मीक कार्यक्रमले धर्म, सँस्कृतीको जर्गेना गर्नुका साथै आचरण सिकाँउदै सँस्कारी समेत बताए ।

उनले बजेटले भ्याए बमोजीम धार्मीक सघं सँस्थानहरुलाई सहयोग गर्ने बताए । उनले नगरमा आफुले गर्नुपर्ने धेरै भएपनी अहिले बजेट नभएका कारण आफुसामु चुनौती रहेको बताए । फरक प्रसंगमा प्रमुख भट्टले गोदावरी नगरबासीलाई १० महिनाभित्र पुर्जा दिने बताएका छन् । महात्मा क्षमा बाईजीले सभापतित्व गरेको भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख भट्टले भने “यो सहर अव्यवस्थीत छ,अव्यवस्थीत बसोबास पनी धेरै छ ।

Shikhar Dental

अव्यवस्थीत सहरलाई व्यवस्थीत पार्नको निमीत्त अहिले लालपुर्जाको पनी खाँचो छ ,भुमी आयोगको केन्द्रीय टोली पनी आज गोदावरीमा पुगेको छ । कैलालीको पाँच ओटै निर्वाचन क्षेत्रको काम चार नम्बर क्षेत्रको गोदावरीबाट सुरु गर्दीनुस भन्ने अनुरोध गरेका छौँ । धेरै त भन्दैन तीन वर्षभित्र यो कार्यक्रम सक्ुपर्ने छ तर गोदावरी बासी दाजुभाई दीदीबहिनीबरुलाई १० महिनाभित्र पुर्जा दिनसक्छु भन्ने आँट गरेको छु ।”

त्यस्तै कार्यक्रममा बोल्दै नगरउपप्रमुख शारदा देवि रोकायाले धार्माीक संघसँस्था जर्गेना गर्नु सबैको कर्तव्य भएको बताएकी छिन् । उनले मान समुदायलाई धार्मीक संघसँस्था आवशयक पर्ने भएको हुँदा नगरबाट सकेको सहयोग गर्न तयार भएको बताएकी छिन् । उद्घाटन कार्यक्रम पश्चात मानव धर्म सेवा विकास समितिको नवनिर्मीत भवन कमल स्मृति सभाहलको उद्घाटन समेत गरिएको थियो ।

हलको समाजसेवी धर्मी खड्काले उद्घाटन गरेकी हुन् । स्वर्गीय श्रीमान कमल खड्काको सम्झनामा उनले उत्त हलको निर्माण गरेकी हुन् । आजबाट सुरु भएको भागवत सप्ताह ज्ञान महायज्ञ २४ गतेसम्म चल्नेछ । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभीन्न व्यत्ति तथा सँस्थाहरुलाई सम्मान गरिएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.