श्रीमानको स्मृतिमा सभाहल निर्माण

padma

अत्तरिया – कैलालीको अत्तरियाकी धर्मी खड्काले स्वर्गीय श्रीमानको स्मृतिमा सभाहल निर्माण गरेकी छिन् । उनले स्वर्गीय श्रीमान कमल खड्काको स्मृतीमा अत्तरियामा रहेको मानव सेवा धर्मको परिसरमा सभाहल निर्माण गरेकी हुन् ।

Shikhar Dental

नेपाल मानव धर्म सेवा समितिले आजबाट सुरु गरेको भागवत सप्ताह ज्ञान महायज्ञको अवसर पारी उत्त हल पनी उद्घाटन गरिएको हो । उत्त सभाहलको खड्का आफैले उद्घाटन गरेकी छिन् ।

गत कार्तिक २ गते श्रीमानको एक्कासी निधन हुँदा उपचार समेत गर्न नपाएकोले उपचार खर्च आफुले सक्ने रकम समाजसेवामा खर्च गरेको उनले बताएकी छिन् । कार्यक्रममा उनले नेपाल मानव धर्म सेवा समितिलाई डेढ लाख को चेक हस्तान्तरण गरेकी हुन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.