Attariya Hospital Pvt.Ltd.

नेपालगन्जको बिरेन्द्र चोकमा राखेको शालिक प्रहरीले हटायो, केही राउण्ड हवाई फायर

         सहिद सेतु बिकको शालिकमा तोडफोड

padma
milan sunchadi

नेपालगन्ज – नेपालगन्जको बिरेन्द्र चोकमा शालिक राख्ने क्रममा प्रहारी र राप्रपाका कार्यकर्ताबिच झडप भएको छ । राप्रपाका युवाले बिहीबार बिहान उक्त चोकमा स्वर्गीय राजा बिरेन्द्र शाहको शालिक राखेका थिए ।

शालिक राखेको एक घण्टा बित्न नपाउदै स्थानीय प्रहरी, प्रशासनले बल प्रयोग गरि हटाउन खोज्दा झडप भएको हो । सो क्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले राप्रपाका नेता कार्यकर्ताले बिरेन्द्र चोकमा शालिक राखेको जानकारी आएको र केही समयमै प्रहरीले शालिक हटाएको जानकारी आफुलाई प्राप्त भएको बताए । त्यसक्रममा केही राउण्ड हवाई फायर पनि भएको उनलेे जनाए ।

Siddi ganesh

राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले आफुहरुले बिरेन्द्र चोकमा शालिक राखेको केही बेरमै प्रहरीले बल प्रयोग र हवाई फायर गरेर हटाएको बताए ।

                                                                   सहिद सेतु बिकको शालिकमा तोडफोड

नेपालगन्जको धम्बोझीमा राजावादी समर्थकको एउटा समूहले स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना गर्न नपाएको झोकमा न्यूरोडमा रहेको सहिद सेतु विकको शालिकमा तोडफोड गरेका छन् । ठुलो संख्यामा उपस्थित भएका युवाहरुले तोडफोड गरेका हुन ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले घटनाप्रति निन्दा गरेका छन । सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने र आफ्नै मनोमानी ढंगले शालिक स्थापना गर्ने कार्य गलत भएको उनले बताए । यस विषयमा सर्वदलीय र सर्वपक्षीय बैठक हुने उनी बताउँछन् ।

‘यहाँ सबै राजनीतिक दलले सामाजिक सद्भाव जोगाइ राखेका थियौं। एकले अर्काे दललाई सम्मान र सहकार्य गर्दै आएका थियौं,’ उनले भने, ‘स्थानीय तहको चुनावपछि राजनीति गर्ने नाममा दूषित राजनीति भयो। यो निन्दनीय छ।’ घटनाप्रति बाँकेका राजनीति दलले बिरोध गरेका छन ।

Nawadurga
Loading...