अत्तरिया – कैलालीको गोदावरी २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विधालयले जनप्रतिनिधीलाई स्वागत गरेको छ ।

विधालयले गोदावरी नगरपालीकाका नवनिर्वाचित प्रमुख,उपप्रमुख र वडा नम्बर २ का अध्यक्ष तथा सदस्यहरुलाई स्वागत गरेको हो ।


विधालयका प्रधानाध्यापक शिवराज जोशीको सभापतित्वमा मा सम्पन्न भएको स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले पालीकाभित्र शिक्षा तथा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।
