Attariya Hospital Pvt.Ltd.

चोरीका बाह्र मोटरसाइकलसहित आठ जना पक्राउ

padma
milan sunchadi

झापा – झापामा मोटरसाइकल चोरी आरोपमा आठ जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले फेला परेका १२ मोटरसाइकलसहित प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ परेका आरोपितहरुमा गौरीगञ्ज गाउँपालिका–५ का १८ वर्षीय ओमप्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ बस्ने १८ वर्षीय समीर मियाँ, बिर्तामोड नगरपालिका–५ का १८ वर्षीय विष्णु भण्डारी, करण मण्डल, विर्तामोड–३ का १९ वर्षीय कुमार राजवंशी, १८ वर्षीय समुन विहारी, सप्तरी टुकली नगरपालिका–५ का २७ वर्षीय करण महमद र इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका सबै आरोपितलाई चोरी मुद्दामा अनुसन्धान भइरहेको आज प्रहरीले जानकारी दिएको छ ।

Nawadurga
Loading...