कैलालीमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

धनगढी – कैलालीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

बलात्कार आरोपमा चुरेका २६ वर्षीय दोगेन्द्र बिष्ट पक्राउ परेका हुन्।


उनलाई गाउँपालिका को वडानम्बर ६ खेतबारीमा घाँस काट्ने क्रममा १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
जबरजस्ती करणी गरी फरार भएका बिष्टलाई ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरेको जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
