प्रस्तावीत गेटा मेडिकल कलेजको मोडालिटीको विषयमा विज्ञहरुसंग अन्तरक्रिया,मेडिकल विश्वविधालय बनाउनु पर्नेमा जोड
अत्तरिया – प्रस्तावीत गेटा मेडिकल कलेजको मोडालिटीको विषयमा विज्ञसंग अन्तरक्रिया गरिएको छ ।
गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले कैलालीका विभीन्न क्षेत्रका विज्ञहरुसंग अन्तरक्रिया गरेको हो ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेय आगोको सभापतित्वमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य क्षेत्रका व्यत्तिहरु,शिक्षा क्षेत्रका व्यत्ति,अधिकारकर्मी,सामाजिक तथा राजनीतिक क्षेत्रका व्यत्तिहरुको सहभागीता रहेको थियो ।
अन्तरक्रियामा सहभागी व्यत्तिहरुले प्रस्तावित गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविधालय बनाउनुपर्नेमा जोड दिएका छन् ।
अन्तरक्रियाका सहभागीहरुले मेडिकल कलेज सबैभन्दा सानो युनीट भएकोले मेडिकल विश्वविधालय बनाउँदा उचित हुने बताएका हुन् । उनीहरुले गेटामा तुरुन्त अस्पताल सञ्चालन हुनु पर्नेमा पनी जोड दिएका छन् ।