Attariya Hospital Pvt.Ltd.

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

padma
milan sunchadi

डडेल्धुरा – डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका–६ छचोडाका २० वर्षीय साजन ताम्राकार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

डडेल्धुरा बजारबाट शुक्रबार राति पौने ८ बजेतिर घर छचोडा जाने क्रममा ३६२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जनाईएको छ ।

गम्भीर घाइते उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा घाइते भएका सोही ठाउँका २१ वर्षीय मुकेश ताम्राकारको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Loading...