
कञ्चनपुर – नेपाली भूमि अतिक्रमण गरी वृक्षारोपण गर्ने भारतीय योजनाको स्थानीय नेपालीको विरोधपछि रोकिएको छ। कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका– ३ जमुनाघाडीमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेर वृक्षारोपण गर्ने तयारी गरेको थियो। नेपाली भूमि अतिक्रमण गरी वृक्षरोपण गर्ने भारतीय योजनाको स्थानीय नेपालीको विरोधपछि रोकिएको छ।
नेपाली पक्षको अवरोधपछि नेपाली भूमि मिचेर वृक्षरोपण गर्ने भारतीय प्रयास रोकिएको प्रहरीले जनाएको छ। भारतीय पक्षले पटकपटक नेपाली भूमि अतिक्रमण गर्नेदेखि हस्तक्षेप गर्दै आएको छ। स्थानीयको विरोधपछि सशस्त्र प्रहरीले भारतीय पक्षले वृक्षारोपणका लागि गाडेको पोल उखेलेको थियो।
