धनगढीको नेशनल चोकमा राष्ट्रिय झण्डा फहराइयो

Image

धनगढी – धनगढीको नेशनल चोकमा राष्ट्रिय झण्डा राखिएको छ।

शनिवार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले झण्डात्तोलन गरेका हुन्।

नेपाल–भारत सीमा गौरीफन्टा जोड्ने ६ लेन सडकको चोकमा मालिका युवा सञ्चाजालले झण्डाका लागि पोल स्थापना गरेको थियो।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सञ्जालले विभिन्न व्यक्तिहरुबाट रकम संकलन गर्दै झण्डाका लागि पोल स्थापना गरेको थियो।