बस दुर्घटनाका क्रममा बेपत्ता भएका बालकको शव १५ दिन पछि फेला

padma

डोटी – बस दुर्घटनाका क्रममा बेपत्ता भएका बालकको शव १५ दिन पछि फेला परेको छ । अछामको कमल बजार नगरपालिका– ६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजङ्ग शाहीको शव फेला परेको हो ।

Shikhar Dental

आइतबार जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपाल नजिकको सेती नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

शव फेला परेपछि बालकका परिवारलाई खबर गरेर बोलाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिएका छन् ।

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रि बस शिखर नगरपालिका – १ गेरुपानी सडक खण्डमा जेठ ७ गते बिहान दुर्घटना भएको थियो । दुर्घटनामा बालकका आमाबुवा सहित १२ जना घाइते भएका थिए । भने बालक नदीमा बेपत्ता भएका थिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.