कञ्चनपुरको बेलौरीबाट लागु औषध सहित एक जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरको बेलौरीबाट लागु औषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर १० स्थित शिवनगर बस्ने ३८ वर्षीय बलराम चौधरी रहेका छन् ।

चौधरीलाई आइतबार दिउँसो भारत बडर हुँदै नेपाल तर्फ शङ्कास्पद रूपमा आउँदै गरेको अवस्थामा प्रहरी नायव निरीक्षक महेश राम महरको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागु औषध फेला पारेको बताइएको छ ।

चौधरीको साथबाट १२.११ ग्राम लागु औषध खैरो हेरोइन जस्तो खैरो धुलो पदार्थ फेला पारी बरामद गरिएको छ ।

चौधरीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।