Attariya Hospital Pvt.Ltd.

अत्तरिया जेसीजद्धारा लामीताल परीसरमा वृक्षारोपण

padma
milan sunchadi

अत्तरिया – अत्तरिया जेसीजले गोदावरी नगरपालीका २ मा रहेको लामीताल परिसरमा वृक्षारोपण गरेको छ । आइतबार विश्व वातातरण दिवसको अवसर पारी जेसीजले लामीताल परिसरमा वृक्षारोपण गरेको हो ।

लामीताल परिसरमा लिप्टिस लगायतका बिरुवाहरुका साथै विभीन्न जातका फुलहरु रोपेको अत्तरिया जेसीज वर्ष २०२२ का अध्यक्ष हर्क बहादुर कडायतले बताए । पानीको राम्रो व्यवस्था भएको तथा छाडा पशु चौपायाको पहुँचमा पनी नपुग्ने गरी बिरुवा रोपीएकोले संरक्षमा समेत सहज हुने कडायतले बताए ।

Siddi ganesh

अत्तरियाको बसपार्कको पछाडी रहेको लामीतालमा पछील्लो समय अत्तरियाका बासीन्दा हरु घुमघामकालागी पुग्ने गरेका छन् । लामीताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने अत्तरिया बासी बताँउदै आएका छन् ।

गोदावरी नगरपालीकाका नवनिर्वाचित मेयर विरेन्द्र भटट्ले समेत केहि दिन अगाडी लामीतालको अवलोकन गरेका थिए ।

Nawadurga
Loading...