धनगढी – कैलालीको शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका १७ दिपनगर स्थित शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा चुरे गाउपालिका १ सायल बस्ने अन्दाजी ३६ वर्षीय विष्णुबहादुर पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।