धनगढीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

padma

धनगढी – धनगढीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। सोमबार मोहनापुल अत्तरिया छ लेन सडक अन्तर्गत राजपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिएको हो।

Shikhar Dental

बा१क ७०१२ नम्बरको टिपरले सुपप्र०१ ०११ प ९३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक पुर्नवास नगरपालिका ११ अम्मर बस्ती बस्ने २४ वर्षीय नवराज वडू र दार्चुला व्यास गाउपालिका ६ बस्ने २९ वर्षीय मोहनदत्त भट्ट घाइते भएका छन्।

उनीहरुको उपचार मायामेट्रो अस्पतालमा भइरहेको छ। टिप्पर चालक फरार रहेको र उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.