Attariya Hospital Pvt.Ltd.

घोडाघोडीमा महिलालाई आक्रमण गर्ने चितुवाको उद्धार

padma
milan sunchadi

कैलाली – कैलालीको घोडाघोडीमा महिलालाई आक्रमण गर्ने चितुवाको उद्धार गरिएको छ । वर्दिया राष्ट्रिय निकुन्जबाट आएको उद्धार टोलीले घाइते चितुवाको उद्धार गरेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल प्रसाद रिजालले जानकारी दिए ।

सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा वडा नम्बर –८ लठुवाकी ५४ वर्षीया बिस्णा बोहरा चितुवाको आक्रमणमा परि घाइते भएकि थिइन् ।

उनको मुख, हात र टाउकोमा चोट लागेको छ । बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।घाईते अवस्थामै रहेको चितुवाले महिलालाई आक्रमण गरेको थियो । शिकारीको आक्रमणबाट चितुवा घाइते भएको प्रहरीले जनाएको छ ।

Siddi ganesh

चितुवाको शरिरमा २ गोली लागेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रिजालले जानकारी दिए । घाउको प्रकृति हेर्दा केहि दिन अघि गोलि लागेको हुन सक्ने अनुमान गरिएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.