Attariya Hospital Pvt.Ltd.

पश्चिम सेती आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय

padma
milan sunchadi

काठमाडौँ – पश्चिम सेती जलाशाययुक्त जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय भएको छ। सोमबार बसेको लगानी बोर्डको बैठकले ७५० मेगावाट क्षमताको आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको हो।

सरकारले पश्चिम सेतीको मोडालिटी तय गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा मोडालिटी सहितको प्रतिवेदन बनाउन सुझाव समिति गठन गरेको थियो।

समितिले बुझाएको प्रतिविदेनको आधारमा आयोजनालाई अघि बढाइएको बताइएको छ। पश्चिम सेती सुरुमा अस्ट्रेलियन कम्पनी स्मेकले बनाउने जिम्मा लिएको थियो। तर, वर्षौं‌ होल्ड गर्दा पनि लगानी जुटाउन नसकेपछि २०६८ साउनमा सरकारले स्मेकको इजाजत रद्द गरेको थियो। यो आयोजना निर्माण लागत सुरुमा १ खर्ब ५० अर्बको गरिएको थियो।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.