Attariya Hospital Pvt.Ltd.

जंगली च्याउ खाँदा १ जनाको मृत्यु, ५ बिरामी

padma
milan sunchadi

भोजपुर – भोजपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाँदा भोजपुरको हतुवागडी गाउँपालिका वडा नं. ३ बस्ने आशकुमार राईकी पाँच वर्षीया छोरी कृति राईको मृत्यु भएको हो ।

च्याउ खाएको केही समयपछि रिँगटा लाग्न सुरु भएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचारका लागि लगिएको र उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरी निरीक्षक नितेशकुमार सिंहले बताए ।

च्याउ खाएर बिरामी परेका ५ जनाको भने उपचार भरहेको छ । ४३ वर्षीय आशकुमार राई, ३८ वर्षीया धनकुमारी राई, २० वर्षीया योगिता राई, ८ वर्षीया सुमित्रा राई र ३ वर्षीया सृष्टि राईको हतुवागडी गाउँपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

Nawadurga
Loading...