Attariya Hospital Pvt.Ltd.

वन सम्पदा उपभोत्ता राष्ट्रीय महासघंको चौथो राष्ट्रीय महाधिवेशन अत्तरियामा सम्पन्न

padma
milan sunchadi

अत्तरिया – वन सम्पदा उपभोत्ता राष्ट्रीय महासघंको चौथो राष्ट्रीय महाधिवेशन अत्तरियामा सम्पन्न कैलालीको अत्तरियामा सम्पन्न भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री डाक्टर रण बहादुर रावलको प्रमुख आतिथ्यमा महाधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मन्त्री रावलले वन साझा सम्पत्ती भएकोले जोगाउनका निम्ती सबैको दाइत्व रहेको बताए ।

उनले नेपालमा सामुदायीक वन समुह हरुले वन पैदावार सामग्री वयवस्थापनमा उल्लेख्य भुमीका खेलेको बताए । देशमा २२ हजार भन्दा बढी रहेका छन् उनले भने ति सबैले वनको संरक्षण गर्दै राष्ट्रलाई नै सहयोग गरीरहेका छन् । राष्ट्रीय वन समुदायमा गएकै कारण स्थानीय उपभोत्ताहरु जोगाउनकालागी लागीपरेको उनको भनाई थियो ।

plastik

Siddi ganesh

वन पैदावार सामग्रीहरु समयमै प्रयोगमा नल्याउँदा खेर जाने भएका कारण वैज्ञानीक वन व्यवस्थापनका माध्यमबाट ति सामग्रीहरुलाई समयमै प्रयोगमा ल्याउनु पर्ने मन्त्री रावलले बताए । सँस्थाका अध्यक्ष शंकर मल्ल ठकुरीको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिव कालुभाई खड्काले गरेका थिए । कार्यक्रममा विभीन्न सामुदायीक वनका पदाधीकारी,संघ सँस्थाका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

त्यस्तै महाधिवेशनले नँया कार्यसमिति पनी चयन गरेको छ ।वन सम्पदा उपभोक्ता राष्ट्रिय महासंघ नेपाल (नेफग) को केन्द्रिय अध्यक्षमा कालुभाई खड्का चयन भएका छन ।

महाअधिवेशनबाट अध्यक्षमा काठमाण्डौंका खड्का सर्वसम्मत चयन भएका हुन ।यस्तै समितिको उपाध्यक्षमा चितवनकी प्रमिला खड्का र महिसचिवमा अत्तरियाका टिका दत्त जोशी चयन भएका छन ।कोषाध्यक्षमा काठमाण्डौंकै सुभद्रा खड्का चयन भएका छन ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.