सेफ्टी ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु

padma

चितवन – भरतपुर महानगरपालिका–१९ तमु टोलमा हिजो साँझ सेफ्टी ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु भएको छ। स्थानीय रामप्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो।

Shikhar Dental

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय छतिराम चौधरी र २३ वर्षीय रामु भनेर चिनिने डाक्टर चौधरी रहेका छन्।

सफाइ गर्ने क्रममा छतिराम चिप्लिएर ट्याङ्कीमा खसेपछि उद्धार गर्न ट्याङ्की भित्र पसेका उनका भिनाजु नाता पर्ने डाक्टर चौधरीको पनि ट्याङ्कीमा पसेर मृत्यु भएको हो। उनीहरू लामो समयदेखि चितवन र आसपासका क्षेत्रमा ट्याङ्की सरसफाइ गर्ने काम गर्दै आएका थिए।

Nawadurga
Leave A Reply

Your email address will not be published.