Attariya Hospital Pvt.Ltd.

४१ डिग्री तापक्रममा सडकको ड्युटी

padma
milan sunchadi

अत्तयिा – कैलाली कञ्चनपुर लगायतका तराइँका जिल्लामा गर्मी अत्याधिक बढेको छ । तर ट्राफिक प्रहरी भने र्कतव्य पुरा गर्न चर्को गर्मीमा समेत सडकमै खटेका हुन्छन् । दिँउसो २ बजेको समयमा अत्तरियाको पुर्वरोड स्थीत ट्राफिक चेकपोष्ट अगाडी ड्युटीमा खटीएका हवल्दार विजय बम ठकुरी पसिनाले निथ्रुक्कै भिजेका थिए ।

टोपी हातमा लिएर निधारमा बगेको पसीना पुछ्दै उनले भने“गाह्रो छ नी ट्राफीकको जागीर खान”। पुर्वरोडको चेकपोष्टमा ड्युटी परेको दिन निरन्तर बाह्र घण्टा, बिहान ६ बजेदेखी बेलुकी ६ बजेसम्म ड्युटी गर्नुपर्ने उनले बताए । यहाँ तीन जना हुन्छौँ सोहि ठाँउनिर खटीएका सहायक हवल्दार गणेश बहादुर कुँवरले भने “आलोपालो खाना खान्छौँ,सडकमा धुलो र गर्मीले निकै सताँउछ ।”

बुधबार दिँउसो अत्तरिया चौराहमा ड्युटीमा खटीएका प्रहरी जवान महेन्द्र विष्ट । तस्वीर :शारदा÷सुदूर टाईम्स
Siddi ganesh

महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीका अनुसार बुधबार मध्यान्नको तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सीयस रहेको थियो । तापक्रम बढेर कुनैदिन करिब ४१ डिग्री सम्म पुग्ने गरेको उनले बताए । मोबाइलमा हेर्दा भने तापक्रम केहि बढी देखाउने उनले बताए । मोबाइल आफै तातेको हुनेहुँदा तापक्रम केहि बढी देखाउने उनको भनाई छ । एक महिना अघिमात्रै काठमाडौं बाट अत्तरिया पुगेका प्रहरी जवान महेन्द्र विष्टले चर्को गर्मीले बेहाल बनाएको बताए ।

काम त जता गएपनी त्यहि हो , दिँउसोको टन्टलापुर घाममा अत्तरिया चौराहमा ड्युटी गरीरहेका विष्टले भने “काठमाडौंमा त सवारीको चाप धेरै हुन्थ्यो यता त्यस्तो छ छैन तर म चिसोमा बसेको मान्छेलाई गर्मीले साह्रै सताएको छ ।”

तस्वीर :प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको अनुमतीमा लिईएको

यो पनी पढ्नुहोस् :सुदूरपश्चिमको राजधानी तोकीएको नगरकै बस्तीमा छैन बिजुली

गोदावरी नगरपालिकाका विधालयमा ६ दिन गर्मी बिदा

 

Nawadurga
Loading...