बझाङकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

Image
maya metro

बझाङ – बझाङकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको छविस पाथिभेरा गाँउपालिका–२ मण्डीकी २४ वर्षिया गंगा ऐडीको हेलिकप्टरमार्फत उद्धार गरीएको हो।

अत्यधिक रक्तस्राव भएर पाठेघर नखुम्चेपछि छटपटाइरहेकी उनलाई बिहीबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए।

nisarga

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जिल्ला अस्पताल सिमखेतका निमित्त कार्यालय प्रमुख डा.मिलन खड्काले बताए।