Attariya Hospital Pvt.Ltd.

अछाम किशोर मृत्यु घटनाः पोस्टमार्टमपछि आफन्तले शव बुझे, मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी

padma
milan sunchadi

धनगढी – अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा मृत भेटिएका किशोर विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन्। शव भेटिएको ६ दिनपछि उनको पोस्टमार्टम भएकोमा आज उनका आफन्तले शव बुझेका हुन्।

plastik

पीडित पक्षले १३ जनाको नाममा किटानी गरेको जाहेरी प्रहरीले दर्ता गरेपछि पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। उनका अनुसार किटानी जाहेरी दर्ता गरेपछि आफन्तले शव बुझेका हुन्। मेयर अम्बिका चलाउने लगायतको नाममा किटानी जाहेरी दर्ता भएको उनले बताए। यस्तै घटना अनुसन्धानको निष्कर्षतिर पुगेको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए। उनले अबको हप्ता दिनभित्र अनुसन्धानको अन्तिम नतिजा आउने दाबी समेत गरे।

विनोदको शव घरनजिकैको जंगलमा भेटिएको थियो। मृतकको परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी दिन लागेको थिए। तर प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै उनीहरुले शव उठाउन दिएका थिएनन्। मृतक शाहीको न्यायका लागि जिल्लामा लगातार आन्दोलन भैरहेको छ। यस्तै संघीय राजधानी काठमाडौंमा पनि उनको न्यायका लागि संघर्ष गरिने बताइएको छ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.