गेटा मेडिकल विश्वविद्यालय संचालनकोलागि दवाव स्वरुप निशुल्क स्वास्थ्य शिविर संचालन

Image

अत्तरिया – कैलालीको गेटा मेडिकल विश्वविद्यालय संचालनकोलागि दवाव स्वरुप निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

गेटा मेडिकल विश्वविद्यालय संचालनार्थ संघर्ष समिति अत्तरियाले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । शिविरमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुले सेवा दिएका थिए । संघर्ष समितिका समितिका संयोजक लोकराज पान्डेय (आगो ) ले अब मेडिकल विश्वविद्यालय बनाउने भनेर मोडालिटी समेत प्रष्ट भैसकेको हुँदा सरकारले तुरुन्तै अस्पताल संचालन गरिनुपर्ने बताए ।  उनले फेरि पनि सरकारले अस्पताल संचालनकालागी ढिलाइ गर्ने आशंका भएकोले दवाव स्वरुप निशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताए । उपसंयोजक आनन्द भट्टले अस्पताल संचालन नहुँदासम्म आफुहरुको आन्दोलन जारी रहेको बताए । शिविरमा सेवा लिन आएकी गोदावरी,५ गेटाकि गिता नेगिले गेटामा मेडिकल विश्वविद्यालय छिटो संचालन हुनुपर्ने बताईन् । मेडिकल विश्वविद्यालय संचालन भएमा सबै सुदुरपश्चिम् बासिलाइ सहज हुने बताईन ।                                      निशुल्क स्वास्थ्य शिविरमा अत्तरियाको पदमा अस्पताल,सुदुर्पस्चिम सामुदायिक अस्पताल,गोदावरी पोलिक्लिक, धनगढीको मायामेट्रो अस्पतालले सहयोग गरेका थिए