धनगढी – कैलाली उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको सपथ लीएका छन् । मङलबार एक कार्यक्रमका बीच उनीहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन । सपथ ग्रहण कार्यक्रममा उद्योगमन्त्री, प्रमुख जिल्ला अधिकारी, लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन संयोजक लोक बहादुर बिष्ट्ले सपथ ग्रहण गराएका हुन । जेठ २८ गते संम्पन्न भएको निर्वाचनमा पुष्पराज कुँवर प्यानल सहित विजयी भएका थिए ।
कुँवर प्यानल बाट वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन्।
यस्तै सदस्यहरुमा अम्बिका भण्डारी, कबिन्द्र पन्त, कृष्णाकुमारी बिष्ट, कोपिला कुँवर, तिलकबहादुर बोहरा, प्रकाश चन्द, बाशुदेव भट्ट, मिलन कुँवर, रबि कुँवर, राधिकाकुमारी चौधरी, रिता जोशी, रुपेश खड्का, लोकराज भट्ट, शम्भु लामिछाने, श्यामराज जोशी, सुरेन्द्रबहादुर कडायत र सुरेन्द्रकुमार बोहरा निर्वाचित भएका छन्। शनिबार भएको संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।