अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाका निजी विद्यालयहरुमा गर्मी बिदा ३ दिन थप गरीएको छ ।
निजी विद्यालयहरुको सँस्था प्याब्सनले गर्मीका कारण विद्यालय संचालनमा कठीनाई भएको भन्दै शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि गर्मी बढेको भन्दै जेठ २६ गतेदेखी ३१ सम्म नगरपालीकाले विद्यालय बन्द गरेको थियो ।