
धनगढी – धनगढी उपमहानगरपालिकाले धनगढीका नालाहरूको अतिक्रमण हटाउन सुरु गरेको छ ।
पछिल्लो समय धनगढीका नालाहरू अतिक्रमण भएकै कारण धनगढी डुवानमा पर्दै आएको भन्दै बुधबारदेखि नालाहरूको अतिक्रमण हटाउन सुरु गरिएको नगर प्रमुख गोपाल हमालले बताए ।

बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर बालबिहानीबाट खोलानाला अतिक्रमण हटाउने कार्य प्रारम्भ गरेको हो ।
सो कार्यमा सहयोग गरिदिनहुन सम्पूर्ण धनगढीवासीमा उनले अपिल गरेका छन् ।



















