आज चुरे दिवस, एकैदिन एक लाख वृक्षारोपण

Image
maya metro

काठमाडौं – चुरे क्षेत्रको संरक्षणमा जोड दिँदै आज आठौँ चुरे दिवस मनाइँदैछ । चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिनलाई हरेक वर्ष चुरे दिवसको रूपमा मनाउने गरिएको छ । जस अन्तर्गत चुरे संरक्षणका कार्यक्रम हुन्छन् ।

दिवसका अवसरमा आज समितिले रुख र फलफूल प्रजातिका कम्तीमा एक लाख बोटबिरुवा रोप्ने भएको छ ।

nisarga

असार महिना वृक्षरोपण महिनाको रुपमा मनाउँदै महिनाभर कम्तीमा पाँच लाख वृक्षारोपणको लक्ष्य लिइएको चुरे संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

उनका आगामी पाँच वर्षमा कम्तिमा एक करोड बाँकस, अम्रिसोजस्ता प्रजाति र एक करोड रुख, फलफूल प्रजाति रोप्ने लक्ष्य छ ।