कैदीबन्दीको रासनभत्ता बढ्यो, साउनदेखि प्रतिदन ८० रुपैयाँ

Image
maya metro

काठमाडौं – साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरुप प्रतिदिन ८० रुपैयाँ पाउने भएका छन्। चालू आर्थिक वर्षमा प्रतिदिन ६० रुपैयाँ पाउँदै आएकोमा २० प्रतिशत वृद्धि गरिएको हो।

गृहमन्त्री प्रतिनिधिसभाको बुधबार बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले कैदीबन्दीको रासनभत्तामा ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए। ‘अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएकाले आगामी आर्थिक वर्ष साउनको पहिलो दिनबाटै उनीहरूले रकम प्राप्त गर्नेछन्’, उनले भने।

nisarga

सरकारले अब सबै कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य बिमा पनि गर्नेछ। कैदीबन्दीको सीपलाई उपयोग गर्ने नीतिसमेत अवलम्बन गरेको छ। खाँणले उनीहरूको सीपलाई उपयोग गरी उद्यमशीलता विकासमा लगाउन कार्यविधि तर्जुमाका क्रममा रहेको बताए। ‘उनीहरूले पनि क्षमताअनुसार सीप सिकुन् र उत्पानदमा प्रयोग गर्न सकुन् भन्ने उद्देश्य हो’, उनले भने।

उनका अनुसार कारागारमा फोटोसहितको परिचयपत्र लागू गर्ने कार्य सुरु भएको छ। कैदीबन्दी व्यवस्थापन सूचना प्रणाली व्यवस्थापनका लागि यो वर्ष दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

साभार