गोदावरी नगरपालीका वडा नम्बर – १ को आगामी आथीक वर्षको बजेट सार्वजनीक

padma

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १ ले वडा भेला मार्फत आगामी आर्थीक वर्षको बजेट सार्वजनीक गरेको छ ।

Shikhar Dental

आगामी आर्थिक बर्ष २०७९ -८० को लागी वडाले १ करोड ८ लाख ९९ हजार ७१ रुँपयाको बजेट सार्बजनिक गरेको हो ।

वडाले पूर्बाधार बिकास तर्फ ५४ लाख ४९ हजार ५३५ रुँपया अर्थात ५० प्रतिशत छुट्याएको छ। त्यस्तै सामाजिक बिकास तर्फ १३ लाख ६२ हजार ३८३ बजेट बिनियोजित गरिएको छ ।

उक्त वडाले आर्थिक बिकास तर्फ ५ लाख ४४ हजार ९५३ छुट्याएको छ । बाताबरण तथा बिपत ब्यबस्थापन तर्फ ३ लाख ८१ हजार ४६७ र शुशासन तथा संस्थागत बिकास तर्फ ४ लाख ३५ हजार ९६२ बजेट वडाले बिनियोजन गरेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.