
डोटी – डोटीमा चितुवाले घरभित्र पसेर आक्रमण गर्दा दुईजना घाइते पस्दा भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा ७ उडितोलामा पसेर चितुवाले आक्रमण गरेको हो । शुक्रबार बिहान साढे १० बजेतिर तल्लो उडितोलास्थित पार्वती विकको घरभित्र चितुवा पसेर दुई जनालाई घाइते बनाएको हो।
चितुवाको आक्रमणबाट पार्वती विक र उनकी छोरी लक्ष्मी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

घरभित्र रहेका उनीहरूलाई चितुवाले आक्रमण गरेको र उनीहरूको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले बताएको छ। यसरी दिउँसै चितुवा गाउँमा पसेपछि स्थानीय त्रसित भएका छन्।
अहिले जिल्ला प्रहरी कार्यालय डोटी र डिभिजन बन कार्यालय डोटीको टोली र स्थानीयको सहयोगमा चितुवालाई बनतिर पठाइएको छ।













