कञ्चनपुरमा अलकत्रा बोकेको ट्यांकरमा आगलागी

padma

कञ्चनपुर – महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्या‌ंकरमा आगलागी भएको छ। गएराती १० बजेको समयमा भीमदत्त नगरपालिका १८ पार्कमोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्न अलकत्रा बोकेको ट्यांकरमा बजारको ४ नम्बर गल्लीमा एक्कासि आगलागी भएको हो।

Shikhar Dental

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले ट्यांकर जलेर क्षतिग्रस्त भएको जानकारी दिए। ना ४ ख ७८८८ नम्बरको ट्यांकर निर्माण स्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा आगलागी भएको निर्माण कम्पनी जेडआईईसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले बताए।

घटनामा ट्याङ्करको पछाडि रहेका सहचालक निर्बल चौधरी थारु घाइते भएका छन्। महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई नेपालगञ्ज पठाएको प्रहरीले जनाएको छ।

दमकलको सहायताले आगो नियन्त्रणमा लिइएका कारण थप क्षति भने नभएको बताईएको छ । पार्क कुनादेखि आँखा अस्पताल रोडसम्म हिजोदेखी कालोपत्रे सुरु गरिएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.