राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

padma

काठमाडौँ – नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा नियुक्त भएका छन् ।

Shikhar Dental

मन्त्रीपरिषद्को सोमबारको बैठकले उनलाई आगामी चार वर्षका लागि रासस अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा सरकारले झालाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले चारवर्षे कार्यकाल पूरा गरेसँगै उक्त पद खालि थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.