डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु

Image
maya metro

डडेल्धुरा – डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजनको मृत्यु भएको हो।

मंगलबार दिउँसो पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिए।

nisarga

मृतक निराजन कक्षा १ मा अध्ययनरत थिए। प्रअ जोशीका अनुसार खोलाले बगाउँदा अन्य दुई विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउँद र १४ वर्षीय गोपाल साउँद रहेका छन्।

रेशमको अवस्था गम्भीर रहेको प्रअ जोशीले बताए। विद्यालय बिदा भइसकेपछि घर जाने क्रममा तीनैजनालाई खेलाले बगाएको उनले बताए।