धनगढीमा लागुऔषध सहित २ जना पक्राउ

padma

अत्तरिया – धनगढीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । लागु औषध (खैरो हिरोईन) १० ग्राम र २.५ के.जी. चरेश सहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा बझाङ बुंङ्गल नगरपालिका वडा नम्बर ८ घर भई हाल  धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर डेरा गरी बस्ने २८ वर्षीय प्रेम ऐडी र वडा नम्बर २ पुरानो भन्सार बस्ने अन्दाजी बर्ष२६।२७ वर्षीय गणेश विष्ट रहेको प्रहरीले जनाएको छ ।

Shikhar Dental

लागुऔषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको टोलीले चेकजाँच गर्दा ऐडीको कोठाबाट २.५ के.जी चरेश र विष्टको घरबाट १० ग्राम (खैरो हेरोईन) बरामद गरी प्रहरीले जनाएको छ ।

उनीहरु दुवैजनामाथी थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.