कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

padma

कञ्चनपुर – कञ्चनपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

बुधबार बिहान महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको ना ४ ख ८०७५ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री वेदकोट नगरपालिका–७ की २८ वर्षीया विमला जोशीको मृत्यु भएको हो।

Shikhar Dental

उनलाई सडक पार गर्दै गर्दा वेदकोट–७ स्थित पूर्वपश्चि राजमार्गमा बसले ठक्कर दिएको थियो।

आक्रोशित स्थानीयले मृतका आफन्तलाई क्षतिपूर्तिसँगै दोषीलाई कारबाहीको माग  गर्दै बेदकोट नगरपालिका–७ डाउना होटेल नजिक चक्काजाम गर्दै केहि समय चक्काजाम समेत गरेका थिए ।

बस चालक भीमदत्त नगरपालिकाको वनगाउँका ४० वर्षीय राजेन्द्रप्रसाद जोशीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.